Saturday, June 27, 2015

अब पहिलो विश्वस्तरको निर्माण गुणस्तरतर्फ लम्कनै पर्छ ।

२०७२ सालको महा (?) बिनाशकारी भुकम्पको भग्नावशेषबाट माथि उठ्न , पुनर्निर्माण वा नवनिर्माणको खाँचो छ । पुनः  वा नव जुनसुकै होस्, निर्माणका लागि एउटा स्पष्ट दृष्टिकोण चाहिन्छ । फेरि पनि बुद्धि पुर्‍याएनौँ र दृष्टिकोण बनाएनौँ भने पछौटेपनका पर्याय बनेर रहने निश्चित छ ।  अब पनि उही तेस्रो विश्व स्तरको घिसापिटा निर्माण शैलि र संरचनामा रहिरहने हो कि, नया र उच्च गुणस्तरयुक्त पहिलो विश्वको निर्माण प्रविधि अपनाउनु पर्ने हो ,द्विविधा नराखी  छनोट गर्नै पर्छ । यसो गर्न सके मात्र हामी अघि बढ्न सक्छौँ । हेरौँ केही दृश्यहरु जसले हामी कहाँ छौँ र पुग्नु पर्ने कता हो  भन्ने स्मरण गराउन सक्छः
यो हो हाम्रो राजधानी भित्र देखिने अनेक थरि तारहरुको गुजुल्टोको दृश्य । कति कुरुप बनाएका छन् हाम्रो शहरलाई यस्ता दृश्यहरुले ! यसैलाई पनि व्यवस्थित बनाउन नसकिने हैन ।  आजकल अलिक सम्पन्न र विकसित देशहरुले सबै  तार र केबलहरुलाई यसरी जमिन मुनिबाटै घरघरमा पुर्‍याउने गरेका छन्ः

तलको पहिलो तस्वीर हेरौँ । यो ३ महिना अघि कालो पत्रे गरिएको सडक हो रे , जहाँ त्यो पत्र खोज्न हम्मे पर्छ, केवल धूले सडकको अवशेष मात्र बाँकि छ । अब हेरौँ नेपाली स्तरको सडक । हाम्रो उदेक लाग्दो शैलिको उदाहरणः


यो हेरौँ मोटरबाटोको स्तर भिन्नता, कालोपत्रेको गुणस्तर र त्यसको बाक्लोपनः

अनि घरहरुः
हाम्रा गाउँ र घरहरुको निर्माण शैलि, स्तर , प्रविधि र गुनस्तर थाहा भएकै कुरा हो । अब , फड्को मारेनौँ भने ढिलो हुनेछ।


No comments: